हामिले धौलागिरि अर्गानीक प्रोडक्टको नामवाट ई–नाङलोको निर्माण गरी प्रयोगमा ल्याएका छौं। यो ई– नाङलोको निर्माण पछि थोरै जनशक्तिले धेरै र कम लागतमा काम सम्पादन हुने र आफूलाई काम गर्नको लागि सहज भएको छ । कृषि उपज केलाउन, चाल्न तथा भुष उडाउनको लागि प्रयोग गरिने परम्परागत नाङलोेको कामलाई सहज तथा छिटो छरितो बनाउनको लागि तथा श्रम शक्ति कम हुदै गएको कारण एकै व्यक्तिवाट काम सम्पादन गर्ने अवस्थामा यो ई–नाङ्लो निकै सहज हुने मानिएको छ । बिशेषगरि कफीको भुष, भुत्ला तथा धुलो उडाउनको लागि निर्माण गरिएको यो ई–नाङ्लो धान, कोदो लगायत सबै खालका कृषि उपजहरुको लागि सहज रुपमा प्रयोग हुने हाम्रो दाबि छ । अहिले नेपालमा श्रम शक्तिको कमी हुँदै जाँदा एउटै व्यक्तिवाट काम सम्पादन हुने हिसावले यो ई– नाङ्लोको निर्माण गरिएको हो । एक जनाले दिनभर गर्ने काम आधा घण्टामा नै गर्न सकिने तथा २० जना कामदार बरावरको नाङलोको काम एकै जनाले गर्न सकिने अनुमान गरिएको छ । करिब १५ हजार लागतमा साधारण प्रबिधिद्वारा निर्माण गरिएको यो ई–नाङ्लोमा प्रयोग गरिने पंखा अन्य प्रयोजनमा पनि ल्याउन मिल्ने भएकोले यो निकै उपयोगी रहेको छ ।
-भवानीप्रसाद शर्मा,
उद्यमी तथा कफी तथा कृषि प्राबिधिक